Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाँजा उद्योगमा प्रहरीको छापा, ९१ केजी गाँजासहित तीन जना पक्राउ

बझाङ । बझाङ प्रहरीले गाँजा बनाउने उद्योगबाट ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले खप्तड छान्ना गाउँपालिका-७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरेको हो ।

गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको छ ।

पक्राउ पर्नेमा खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका ३ का राम गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077