Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको गुजरातमा चट्याङ लागेर १८ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा गरिएको थिएन । भीषण वर्षाले धेरैलाई तर्साएको छ ।

भारी वर्षाका कारण कम्तीमा २० जनाको मृत्यु भएको र तीमध्ये १८ जना चट्याङका कारण मृत्यु भएको गुजरात राज्यका अधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

वर्षा र चट्याङका कारण कम्तीमा ४० वटा जनावर पनि मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077