Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि बस्दै छ।

आज बिहान ८ बजेदेखि ९ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने छ। ९ देखि १० बजेसम्म संसदीय दलको बैठक बस्ने कार्यतालिका तय गरिएको छ ।

आजको बैठकमा संसदीय दल र पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

संसदीय दलको प्रतिवेदन प्रमुख सचेतक सन्तोष परियारले प्रस्तुत गर्नेछन् । पार्टीको राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले पेश गर्ने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077