Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न आग्रह गरेका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले यस्तो आग्रह गरेका हुन । उनले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताए । 

उनले भने सरकारले गलत काम गरेको  छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो।

देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले  अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलंकानै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत  भएको नेपालको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077