Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

योजना कटौती गरेको भन्दै कोशीमा एमालेले जनायो विरोध

विराटनगर। मुख्यमन्त्री केदार कार्कीले बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमालेले कोशी प्रदेशसभामा विरोध जनाएको छ।

प्रदेशसभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सासदहरूले उठेर विरोध जनाएका हुन् ।

कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० बुधबार पास गर्ने तयारी गरेको छ ।

तर आफ्ना सांसदको योजना कटौती गरेका कारण विनियोजन विधेयक पास गर्न असहयोग गर्ने एमालेले चेतावनी दिएको छ । बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ।

तत्कालिन मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक हालका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रदेशसभामा पेश गरेका थिए । त्यस क्रममा पूर्व सहमति विपरीत ३ अर्ब हाराहरीको योजना कटौती गरेको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077