Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागूऔषधसहित चन्द्रागिरिबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वान्टबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बुधबारे गाउँपालिका-५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ का ३९ वर्षीय हरिबहादुर बिक रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले करिब नौ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको हो ।

भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र तीन वटा पोकामा लुकाइ ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077