Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद महराको पसलबाट सुनको सिक्री चोरी

काठमाडौं । राष्ट्रियसभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ।

काठमाडौं महानगरपालिका घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी श्रीमतीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरेको हो ।

पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको सांसद महराले बताए ।

उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077