Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृसंस्थाको अध्यक्ष नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल ओखलढुंगा, नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन कपिलवस्तु र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ तनहुँ लाई नियुक्त गरेका हुन् ।

यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।

यी तीन भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077