Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गौतमबुद्ध विमानस्थल पूर्ण संचालनका लागि देउवालाई उद्योगीको ध्यानाकर्षण

रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ ।

मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले आर्थिक मेरुदण्डका रुपमा रहेको विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।

संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ ।

विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहकको विमान उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेसिया मात्र नभइ भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बौद्धिष्ट मुलुकलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने संघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077