Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कीर्ते कागजपत्रका आधारमा बैंकबाट तीन करोड ७० लाख ऋण

    कीर्ते कागजपत्रका आधारमा बैंकबाट तीन करोड ७० लाख ऋण

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 2.9K
    SHARES

    काठमाडौं । कीर्ते कागजपत्रका आधारमा एक बैंकले तीन करोड ७० लाख कर्जा दिएको खुलेको छ । यसमा संलग्न तीन जनाविरुद्ध प्रहरीले गोप्य रुपमा मुद्दा दायर गरेको छ ।

    नारायणटारस्थित न्यू बुद्ध प्रकाश इंङलिस बोर्डिङ स्कुलका नाममा सिभिल बैंकले तीन करोड ७० लाख कर्जा दिएको हो । स्कुलका सञ्चालकले नक्कली शेयर प्रमाणपत्र तथा कर चुक्ताको प्रमाणपत्र बनाएर बैंकको पुतलीसडक शाखाबाट कर्जा लिएका हुन् ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सो स्कुलका प्रिन्सिपल प्रकाश कुमार दाहाललाई पक्राउ गरी मुद्दा चलाएको हो । साथै सो स्कुलका मुख्य सञ्चालकहरू कुमार तामाङ र प्रकाशराज गिरी फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर कीर्ते सम्बन्धी मुद्दा दायर भएको छ ।



    आन्तरिक राजश्व कार्यालयले दुई वर्षअघि नै यस विषयमा छानबिन गर्न प्रहरीलाई पत्राचार गरेको थियो । तर, दबाब र चलखेलका आधारमा सिआइबीले लामो समय यसमा अनुसन्धान गरेन । बैंक समेत फस्ने भएपछि यसरी छानबिन प्रभावित भएको थियो ।

    पछि बैंकको कर्जा तिर्न लगाएर केस सेटल गरेपछि मात्र सिआइबीले प्रिन्सिपललाई मात्र पक्राउ गरी मुद्दा चलाएको हो । सो स्कुलका वास्तविक शेयरधनी प्रकाश लामा र डिकी लामा हुन् । उनीहरु अमेरिका छन् । स्कुल सञ्चालनको जिम्मा पाएका कुमार र प्रकाशले आफूहरू शेयरधनी भएको भन्दै नक्कली शेयर प्रमाणपत्र बनाएका थिए ।

    साथै कर नै नतिरी कर तिरेको भनेर कागजपत्र पेस गरी करोडौँ कर्जा लिन सफल भएका हुन् । यसमा बैंकको समेत मिलेमतो देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार