Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सरकारी लिखत कीर्ते गरि करोडौं हिनामिना गर्ने पक्राउ

    सरकारी लिखत कीर्ते गरि करोडौं हिनामिना गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ चैत्र २०७७
  • 2.3K
    SHARES

    चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले सरकारी लिखत कीर्ते गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सोहि जिल्ला भरतपुर-११ बस्ने ५८ बर्षीय रिट्ठे दर्जी भनिने रिट्ठे परियार रहेको चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।



    एसपी अधिकारीका अनुसार पक्राउ परेका दर्जीले मालपोत कार्यालय चितवनमा आफु कार्यरत रहँदा राष्ट्रिय वाणिज्य बैंक भरतपुरको राजश्व दाखिला फारमको भौचर, बैंकको छाप र कर्मचारीको दस्तखत कीर्ते गरि एक करोड सत्र लाख चौबिस हजार पाँच सय अड्तीस हिनामिना गरेका थिए।



    यसअघि गत फागुन १२ गते पक्राउ गरि अनुसन्धानपश्चात् जिल्ला अदालतमा पेश गरिएकोमा उनलाई आज अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको एसपी अधिकारीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार