Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटाइने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको हो।

राहत र उद्धारको तुलनामा अस्थायी आवास ढिला भएको निष्कर्षसहित प्रभावित जिल्लाको सुरक्षा समितिको सिफारिसमा सेना, प्रहरी र सशस्त्र प्रहरी खटाउने निर्णय गरिएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले बताईन् ।

भूकम्प पीडितको अस्थायी आवास निर्माण भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077