Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

काठमाडौं । मलेसियाको आजियाटा कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट बाहिरिने निर्णय गरेको छ ।

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो।

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ।

आजियाटाले एनसेलमा रहेको आफ्नो सेयरहरुलाई बिक्री घोषणा गरेको छ। बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो।

त्यसबेला आजियाटाले सेयर किनेको थियो। सेयर किनेको ७ बर्षपछि कम्पनी पनि बाहिरिने निष्कर्षमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077