Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक धुम्बाराहीमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवास धुम्बाराहीमा बैठक जारी छ ।

बैठकमा समसामयिक राजनीतिक विषय छलफल भइरहेको बताईएको छ ।

महासमिति बैठकको तयारी, बैठकअघि विभागका संयोजक र सदस्यलाई पूर्णता दिनेलगायतका विषयमा पनि छलफल भइरहेको जनाइएको छ ।

पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्दैछ ।

यस्तै व्यवस्थामाथि प्रश्न उठाउँदै राजावादीहरूको सक्रियताको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077