Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चुरोट नदिएपछि कुटपिट गरी युवकको हत्या, संलग्न १४ जना पक्राउ

कैलाली । कैलाली प्रहरीले कुटपिटबाट एक युवकको मृत्यु भएको घटनामा १४ जनालाई पक्राउ गरेको छ । गएराति कुटपिटबाट घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन्।

त्यस्तै सोही नगरपालिकाका २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन के।सी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल रहेका छन् ।

अधिकारी मंगलबार लम्कीचुहा नगरपालिका-९ स्थित डिल्ली कोइरालाको विवाहमा गएका थिए। त्यहाँ एक व्यक्तिले उनीसँग चुरोट मागेका थिए।

कैलाली प्रहरीका अनुसार ती युवकलाई मोहनले चुरोट नदिएपछि विवाद सुरू भएको थियो। त्यही निहुँमा चुरोट माग्ने युवकको समूहले कोइरालामाथि कुटपिट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा आज बिहान मृत्यु भएको हो। त्यसअघि उनलाई लालरत्न अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकी कोहलपुर मेडिकल कलेज लगिएको थियो।

कुटपिटमा संलग्न १४ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्कीमा राखि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077