Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशको बजेट सर्वसम्मत पारित

मोरङ । कोशी प्रदेशसभाको आज बुधवार बसेको बैठकमा 'आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०' सर्वसम्मतले पारित भएको छ ।

'कोशी प्रदेश आर्थिक अध्यादेश २०८०' लाई प्रतिस्थापन गर्न बनेको 'कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८०' र 'कोशी प्रदेश विनियोजन अध्यादेश २०८०' लाई प्रतिस्थापन गर्न बनेको 'आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०' लाई पारित गर्न मुख्यमन्त्री केदार कार्कीले पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावलाई सभाध्यक्ष हाजी इसराई मन्सुरीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो । यही मङ्सिर ९ गते सदनमा पेस भएको प्रस्तावमाथि लगातार दुई दिन प्रदेशसभाका ३१ जना सदस्यले छलफलमा भाग लिई सुझाव दिएका थिए ।

प्रस्तावमा खर्च कटौतीका लागि आठ जना प्रदेशसभा सदस्यले दर्ता गरेको प्रस्तावमा सामान्य मत राखी प्रस्ताव फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077