Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' दुबई प्रस्थान गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२८) सहभागी हुन उनी ९:३० बजे नेपाल एयरलाइन्सको विमानबाट दुबई प्रस्थान गरेका हुन् । कोप-२८ बिहीबारदेखि मंसिर २६ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रधानमन्त्री दाहालले शुक्रबार र शनिबार हुने सत्रमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले शनिबार नेपालको तर्फबाट वक्तव्य दिनेछन्।

पर्वतीय एजेन्डालाई प्रवर्द्धन गर्न प्रधानमन्त्री दाहालले ‘हिमालको आह्वान स् जलवायु संकटबाट हामीलाई कसले बचाउँछ ?’शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड भ्रमण सकेर आइबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077