Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शेखर-गगन आआफ्नै सुरमा

काठमाडौं । पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ ।

२०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी संसदीय दलको नेता निर्वाचनमा महामन्त्री थापा संस्थापनइतर समूहबाट आफैं उम्मेदवार बनेका थिए।

शेरबहादुर देउवासँग पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरेका शेखर कोइराला संसदीय दलको नेतामा पनि प्रतिस्पर्धा गर्न चाहेका थिए तर संस्थापनइतर समूहबाट आफू दलको नेतामा प्रतिस्पर्धा गरिछाड्न थापाको अडानपछि कोइराला पछाडि हटेका हुन् ।

कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए। बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आएका थिए।

तर एमालेको समर्थनमा कोइरालानिकट नेता केदार कार्कीलाई कोसी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुर्‍याएसँगै कोइराला र थापाबीच संवादहीनताको अवस्था छ । कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनले दुईपटक मुख्यमन्त्रीमा अघि सारेको थियो। नागकि दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077