Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीलाई ड्युटीमा मोबाइल चलाउन प्रतिवन्ध

काठमाडौं । प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन्। कर्णाली प्रदेशमा कार्यरत प्रहरीले मोबाइल चलाउन नपाउने भएका हुन् ।

प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टिम कमाण्डरको हकमा भने लागू नहुने प्रहरीले जनाएको छ।

ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई जरुरी परे कमाण्डरको फोन प्रयोग गर्न सक्नेछन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मोबाइल प्रयोग नगर्दा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरुपयोग हुनबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारीको मोबाइल बचत हुने भएकाले यस्तो निर्णय गरिएको हो।

यस्तो कार्यले नागरिकको विश्वास प्रहरीप्रति बढ्ने पनि बताए। उनले ड्युटीको समयमा मोबाइल नचलाउन सबै जिल्लाहरू, गण, तालिम केन्द्र, इलाका प्रहरी चौकीमा परिपत्र गरिनुका साथै प्रभावकारी ब्रिफिङ गर्नुका साथै अनुगमनको व्यवस्था मिलाइएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077