Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा आमा–बाबु र छोरीको मृत्यु

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजेतिर मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा दुर्घटना भएको थियो ।

मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए । उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका भीमबहादुरको पनि थप उपचारका लागि चितवन लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर घाइते भएका भीमबहादुरको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज पठाइएको थियो । सुकौराबाट कान्ति लोकपथतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077