Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाका कर्णेलको घरबाट डलरसहित १९ लाख रुपैयाँ चोरी

काठमाडौं । नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएका छन् ।

ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट उक्त रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार तिहार छठको समयमा चोरले ५ हजार ५ सय अमेरिकी डलर, २ लाख भारतीय रुपैयाँ, २ लाख नेपाली रुपैयाँ, ५ तोला सुन, २ किलो चाँदीलगायतका सामग्री चोरी भएको थियो ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ शैलुङ्गेश्वरीका अमर भन्ने अम्बरबहादुर तामाङ रहेका छन् । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077