Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

चीनमा फैलिँदै श्वासप्रश्वास सम्बन्धी रोग, जोखिममा नेपाल पनि

काठमाडौं । दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन।

बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।

चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ।

चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श्वासप्रश्वाससम्बन्धी रोग फैलिएपछि भारत सरकारले पनि सूचना जारी गर्दै आफ्ना स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन र नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। नेपाल सरकारले भने यसबारे अहिलेसम्म आधिकारिक सूचना जारी गरेको छैन।

यसअघि चीनमा फैलिएको कोभिड १९ बाट नेपाल पनि नराम्ररी प्रभावित भएको थियो। अहिले चीनमा फैलिएको पहिचान नभएको रोगको जोखिममा नेपाल पनि रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले बताए । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077