Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुस्ताङबाट बिनाअनुमतिका हेन्ड सेट बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले बिना अनुमतिपत्र ल्याइएका १० थान हेन्डसेट सञ्चार उपकरण बरामद गरेको छ।

म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट बिना अनुमतिका हेन्डसेट बरामद गरेको हो।

पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याइएका बिनाअनुमति पत्रका १० थान हेन्ड सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

भारतबाट हिमालय बुलेट, कावासाकी र डुक कम्पनीको १० मोटरसाइकलमा यात्रा गर्दै आएका भारतीय पर्यटकको साथबाट हेन्टसेट बरामद गरिएको हो ।

मोटरसाइकलमा सुवाराङ, डटर्सर सुरुकार्य, मदससिंह र वसुमाता रायलगायत १० भारतीय छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077