Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच दुबईमा 'साइडलाइन वार्ता'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा उनीहरूले साइडलाइन बैठक गरेका हुन् ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा छलफल गरेको बताइएको छ ।

यस्तै उनीहरुबीच दुई पक्षीय हितका बारेमा पनि छलफल भएको छ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन दुवै मुलुकका प्रधानमन्त्री यतिखेर दुबईमा छन् ।

प्रधानमन्त्री प्रचण्ड मंसिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077