Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोप–२८ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सम्बोधन गर्दैछन् ।

बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।

प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077