Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर अस्पतालमा थपियो आईसीयूका चार शय्या

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष ९आईसीयु०मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चारवटा शय्या थप गरिएको हो ।

चार शय्या थप गरेपछि भरतपुर अस्पतालमा आईसीयूको संख्या ३८ पुगेको छ । अस्पतालका प्रवक्ता डा।गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि चारवटा थप गरिएको जानकारी दिए ।

भरतपुर अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर ९अकुपेन्सी० हुने गरेको छ। एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ।

निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्छ। तर, भरतपुर अस्पतालमा भने एक दिनको शुल्क रु दुई हजार मात्र छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याकोको पिआईसीयू सञ्चालनमा छन्। भरतपुर अस्पतालमा छ सय शय्या छन्।

चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेका तिवारीले जानकारी दिए।

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077