Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बुटवलमा आजदेखि नेपाली कांग्रेसको प्रदेश सम्मेलन

बुटवल । नेपाली कांग्रेसको आज देखि बुटवलमा प्रथम प्रदेश सम्मेलन हुने भएको छ ।

आज र भोलि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता डा शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले सम्बोधन गर्ने छन्।

बुटवलमा हुने प्रथम प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।

प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ ।

सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077