Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेतृत्वमा बस्नेहरुले देश बर्बाद पारे : चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गरेकाहरूले देश बर्बाद पारेको बताएका छन्।

कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

भण्डारीले पार्टीका शीर्ष नेताहरू समायानुकूल ‘अपडेट’ हुन नसक्दा देश डामाडोलतर्फ उन्मुख भएको बताए।

भण्डारीले भने,‘ऋण खोजीखोजी भैरहवा अन्तराष्ट्रिय विमानस्थल किन बनाएको छ? मुलुकमा अहिले झण्डै २४ खरब ऋण छ। आयोजनाहरू नचाहिने हो भने किन बनाएको?’

कार्यक्रमको मञ्चमा बसेका पार्टी सभापती शेरबहादुर देउवालाई लक्षित गर्दै भण्डारीले भने, ‘कांगेसमा गुटगत राजनीति धेरै भयो। यसरी पार्टी बन्दैन। तपाईंको वरिपरि कोही छन् भने छाडदिनुस्। देशको चिन्ता गर्नुस्।’

उनले पार्टी सभापतिको विधानतः यो नै अन्तिम कार्याकाल रहेको बताए। वर्तमान सरकारले जनतालाई डेलिभरी दिन नसकेको उनको आरोप छ।

प्रदेश सरकारले त झनै काम गरेर जनतालाई जवाफ दिन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077