Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री प्रचण्डको अपिल - मानवजातिलाई बचाउन हिमाल जोगाऔँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय ‘राउन्डटेबल’ बैठकको अध्यक्षता गर्दै उनले हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मानवजातिलाई बचाउन हिमाल जोगाउनुपर्नेमा जोड दिए । हिमाल बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने उनले उल्लेख गरे ।

उनले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077