Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब शेरबहादुर दाइले पार्टी नेतृत्व छोड्नु पर्छ, शेखरलाई अगाडि सार्नु पर्‍यो : चन्द्र भण्डारी

बुटवल । कांग्रेस सांसद चन्द्र भण्डारीले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढाउन शेरबहादुर देउवाले पार्टी नेतृत्व छोड्नुपर्ने बताएका छन् ।

कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई शनिबार सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा सांसद भण्डारीले यस्तो बताएका हुन् । उनले शेखर कोइरालालाई नेतृत्वमा अगाडि सार्नुपर्ने बताए ।

उनले विधानतः २ पटक सभापति हुन नपाउने भएकाले पनि अब देउवा पछाडि हटेर कांग्रेस अगाडि बढाउन उनले सुझाब दिए ।

शेरबहादुर दाइ अब अन्तिम हो, उहाँले अब यो मुलुक बनाइदिनुपर्छ,' कोइरालातर्फ इंगित गर्दै उनले भने, 'भोलि पार्टी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरूलाई साथ लिएर बढ्ने डाक्टर साब हो, बेष्ट सर्जन पनि हो, थेरापिस्ट पनि हो । अब उहाँ अगाडि लागेर देश बनाउनुपर्छ ।'

भण्डारीले पार्टी सभापति देउवालाई पार्टीभित्र गुट चलाउँदा कमजोर बनेको भन्दै गुट नचलाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077