Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगामी चुनावमा वडादेखि संघसम्म एक्लै चुनाव लड्न पर्छ, आजैदेखि तयारी गर्नुस् : शेखर कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै लड्नु पर्ने बताएका छन् ।

पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।

‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ, आजैदेखि तयारी सुरु गर्नुस्,’ कोइरालाले भने ।

एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिंदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077