Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • गगन थापाको प्रस्ताव – उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाऔँ

    गगन थापाको प्रस्ताव – उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाऔँ

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन गर्न कानुन बनाउन प्रस्ताव गरेका हुन् ।



    उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए । उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।



    यस्तै प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको महामन्त्री थापाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार