Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेनाको आकार १५ प्रतिशत बढाउँदै रूस, तत्काल १ लाख ७० हजार सेना भर्ना गरिने

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप १ लाख ७० हजार सैनिक भर्ती गर्न निर्देशन दिएका छन्।

रूस-युक्रेन युद्ध २२ औं महिनामा प्रवेश गर्दा शुक्रबार पुटिनको निर्देशन जारी गर्दै क्रेमलिनले तत्काल सैनिकको संख्या १५ प्रतिशत वृद्धि गर्ने प्रक्रिया सुरू गर्न भनेको हो ।

रूसको रक्षा मन्त्रालयले युक्रेनमा युद्ध र नाटोको निरन्तर विस्तारका कारण रूसमा बढ्दो खतराबीच तयारी अवस्थामा रहन यो कदम चालिएको बताएको छ।

राष्ट्रपतिको उक्त निर्देशन तत्काल कार्यान्वयनको प्रक्रियामा जाने मन्त्रालयले बताएको छ।

योसँगै युक्रेनविरूद्ध लड्ने रूसको सेनाको संख्या १३ लाख र कुल सैनिक संख्या २२ लाख पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077