Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूएईबाट आज साँझ स्वदेश फर्कदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन् । विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन् ।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए ।

उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग मागसमेत गरेका थिए । प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते यूएई प्रस्थान भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077