Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० सिरिज : भारत र अस्ट्रेलियाबीचको पाँचौं खेल आज

काठमाडौं । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।

यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ ।

घरेलु टोली भारतले पाँच खेलको टी–२० शृङ्खला एक खेल अगावै जितिसकेको छ । अस्ति भएको चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारत शृङ्खलामा ३–१ ले अघि छ । भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077