Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्सको एक विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयभित्र विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । स्थानीय प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजे विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक प्रार्थना सभाका लागि जम्मा हुँदा विस्फोट भएको थियो ।

प्रहरीले विस्फोटमा प्रयोग गरिएको उपकरणको जाँच गरिरहेको जनाएको छ । मिन्डानाओ स्टेट विश्वविद्यालयले उक्त संवेदनहीन र भयावह कृत्यको निन्दा गर्दै घटनाबाट अत्यन्त दुःखी र स्तब्ध भएको जनाएको छ ।

विश्वविद्यालयले अर्को सूचना नभएसम्म कक्षाहरू स्थगित गर्नेसमेत निर्णय गरेको छ । साथै मरावी सहरस्थित विश्वविद्यालय परिसरको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो सहर राजधानी र मिन्डानाओ द्वीपमा लानाओ डेल सुरको सबैभन्दा ठूलो सहर हो । सन् २०१७ मा स्थानीय आतङ्कवादीहरूले इस्लामिक स्टेटलाई समर्थन गरेको दाबी गरेका थिए ।

इस्लामिक स्टेटमा अबु सय्यफ समूहको एउटा गुट, माउते समूह र अन्य समावेश छन् । उनीहरूले उक्त सहरलाई पाँच महिनासम्म कब्जा गरेका थिए । कब्जा गर्ने क्रममा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने हजारौँ बासिन्दा विस्थापित भएका थिए । साथै सहरका धेरै भाग ध्वस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077