Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ललितपुरबाट कौडा खेल्ने १५ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरको कोन्ज्योसोमबाट कौडा खेलेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडास्थित श्याम तामाङको घरबाट कोडा खेल्ने १५ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले १५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनीहरूबाट एक लाख ७३ हजार ११० रुपैयाँ र १६ वटा कौडा बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077