Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बोराभित्र शव भेटिएकाको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो स्केच

चितवन । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको शव पहिचानका लागि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेको छ। साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले उनीहरुको स्केच बनाएर सार्वजनिक गरेको हो ।

गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो।

दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्‍थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न गाह्रो भइरहेको छ।

प्रहरीले यसअघि मृतकका कपडाहरू सार्वजनिक गरेको थियो। तर शवको सनाखत हुन नसकेपछि स्केच सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

स्केच हेरेर उनीहरूको पहिचान हुन सकेमा सम्पर्कमा आउन परिवार तथा आफन्तलाई चितवन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077