Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीका बिनाविभागीय मन्त्रीले पाए एक महिनापछि जिम्मेवारी

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ ।

आइतबार मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेसका समशेर राई, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले मन्त्रालयको जिम्मा पाएका हुन् ।

जसअनुसार कांग्रेसबाट मन्त्री भएका राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, माओवादीका उप्रेती पर्यटन वन तथा वातावरण र एकीकृतबाट जबेगुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्री कार्कीले इलामबाट निर्वाचित राईलाई असोज २८ मा बिनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077