Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेखा समितिले माग्यो एनसेल सेयर खरिद-ब्रिकीको कागजात, उठायो ९ प्रश्न [प्रश्नसहित]

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद-ब्रिकी सम्बन्धमा प्रश्न उठाएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारी निकायहरूलाई सेयर खरिद-बिक्रीका सम्बन्धमा ९ वटा प्रश्‍नसहित पत्र पठाएका हुन् ।

एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सवाल समितिको चासोको विषय बनेकोले विभिन्न सरकारी निकायहरूलाई पत्र पठाएको समितिले जनाएको छ।

समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई यथाशीघ्र जवाफ फर्काउन भनेको छ । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन्।

एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएको हो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ।

सात वर्षअघि एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको सेयर यति थोरै रकममा बिक्री गरिएको, नेपाल बाहिर कारोबार गरिएको, नियामकीय निकायलाई जानकारी नगराएको जस्ता विषयमा समितिले मुख्य प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077