Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीको स्पष्टीकरण - यात्रु छुटेको दुबई पुगेपछि थाहा पाएँ, होइन भने प्लेन रोकेर पनि लिएर जान्थें

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो यात्राका क्रममा छुटेका नेपाल एयरलाइन्सका यात्रुहरूको बारेमा दुबइ पुगेपछि मात्रै जानकारी भएको स्पष्टीकरण दिएका छन् ।

भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका हुन् ।

‘यदी मलाई २ घन्टा अगाडि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो ल्याउन दिँदैनथेँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई घन्टा अघि ल्याउनपर्ने भन्ने मेरो मनसाय पनि थिएन। मैले क्यानले कसरी मिलायो भन्ने मात्रै बुझेँ।’

उनले आफूलाई सो बारे यूएई पुगेपछि मात्रै थाहा भएको बताए। ‘मैले उहाँ पुगेपछि मात्रै थाहा भयो कि मेरो कारणले ३१ जना यात्रुहरू छुट्नुभयो। मैले उहाँ साथीहरूलाई पनि त्यही कुरा भनेको थिएँ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077