Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित गोदावरीबाट तीनजना पक्राउ

कैलाली । कैलालीमा लागु औषधसहित तीनजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका १ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिक बस्ने २२ वर्षीय चन्द्र महता, २५ वर्षीय गोकुल श्रेष्ठ, र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने २९ वर्षीय मेघराज बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालले शंका लागी चेकजाँच गर्दा उनीहरूले खरिद बिक्री गरिरहेको अवस्थामा १४० मिलिग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जानकारी दिए ।

उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077