Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ ।

तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो ।

पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेका छन् ।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो ।

आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077