Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

व्यवस्थाविरोधीहरूले अराजकता फैलाउन थाले : देव गुरुङ

रुकुम । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले व्यवस्थाविरोधीहरूले अराजकता फैलाउन थालेको बताएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम खलंगामा सोमबार आयोजित कार्यक्रमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन्।

महासचिव गुरुङले देशमा द्वन्द्व सिर्जना गर्ने र बाह्य हस्तक्षेप बढाएर अशान्ती सिर्जना गर्ने असफल प्रयास गरेको बताए।

उनले प्रतिगामी तत्वले शिर उठाउने अवस्था आउन नदिन गणतन्त्रवादी शक्तिहरू एक हुनुको विकल्प नभएको बताए।

महासचिव गुरुङले भने, 'अहिलेको गठबन्धन बाँकी साढे तीन वर्षसम्म जाने कुरामा कुनै शंका छैन। सरकारको सही नीतिका कारण हामी गठबन्धन सरकारलाई निरन्तर अघि बढाउछौं ।'

महासचिव गुरुङले समाजवादी दिशामा अग्रसर भएका कम्युनिस्ट पार्टीहरूको एकता जरुरी भएको धारणा व्यक्त गरे ।

यसका लागि समाजवादी मोर्चा बनाएर एकताको प्रयास गरिए पनि मोर्चामा आबद्व दलका बिच तयारी नपुगेका कारण केही समय लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077