Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साइबर ब्यूरोले भन्यो - विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउनू

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीहरू ठगिने क्रम बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले सचेत गराएको हो ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ ।

गैरकानुनी रुपमा रकम पठाउनेहरुले फ्रड तथा स्क्याम मनीको रुपमा आर्जित रकम वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको साइबर ब्यूरोले जनाएको छ।

यसरी विदेशमा दुःख–परिश्रम गरी कमाएको रकम फ्रड-स्क्याम रकम मा रूपान्तरण भई कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुने प्रहरीको भनाई छ ।

त्यसैले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन ब्यूरोले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077