Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस महामन्त्री शर्माको प्रश्न - मिसन ८४ भनेको के हो?

अछाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।

अछाममा कांग्रेसले सोमबार गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । महामन्त्री शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई मिसन ८४ भनेको के हो भन्ने प्रश्न गरे।

महामन्त्री शर्माले भने,‘दुई-तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो। तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन। आज फेरि अर्को झापाली तपाईंहरूको जिल्लामा आएर उभिएको छ। बडेबडे झापालीको मूल लक्ष्य मिसन ८४ भन्नुभएको छ। एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो? ओलीजी र लामिछानेजीलाई चुनावको शुभकामना छ।’

जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव भनेर राख्न नहुने महामन्त्री शर्माले बताए । राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए।

उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077