Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुसी सेनामा गएका ६ नेपालीको निधन भएको पुष्टि [नामावलीसहित]

काठमाडौं । रुसी सेनामा भर्ना भएका ६ जना नेपालीको मृत्यु भएको छ । युक्रेनसँगको लडाइँका क्रममा उनीहरुको मृत्यु भएको हो ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको छ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा-१, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚ पुतलीबजार-५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग-६, दोलखाका राजकुमार रोका र इलाम-५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ।

सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077