Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विप्लवविरुद्ध वारेन्ट जारी गर्नु गलत भयो, वार्ता भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको टिप्पणी गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको बताए ।

‘विप्लवलाई वारेन्ट जारी गलत भयो । यसबारे वार्ता भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेतताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड', माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077