Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित दुईजना पक्राउ

कैलाली । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।

सोमबार जिल्लाको गोदावरी नगरपालिका–१ बरपिपल गल्लीबाट स्थानीय २९ वर्षिय प्रहलाद खत्री र सोही ठाउँका २५ को विकास कट्टेल पक्राउ परेका हुन ।

उनीहरूको साथबाट ५ ग्राम २५० मिली ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको उनले बताए । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077