Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पैसाको लोभमा जेलबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

    पैसाको लोभमा जेलबाट छुटेकै दिन ६० वर्षीया वृद्धाको हत्या

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन मनकुमारी सार्कीको हत्या गरेको खुलेको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई सोही ठाउँकी ६० वर्षीया मनकुमारीको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो ।



    चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट उनी छुटेका थिए । मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरू छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राति आफ्नै घरमा उनको शव भेटिएपछि सूक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिची हत्या गरिएको खुलेको धादिङ प्रहरीले जनाएको छ ।



    यस्तै हत्यामा संलग्न बस्यालसँगै सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनील नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाई बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार